Logo
Logo

देउवा-प्रचण्डबीच सहमति जुटेन


22.3k
Shares

काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

शुक्रबार साँझ भएको छलफल शनिबार दिउँसो फेरि छलफल गर्ने गरी सकिएको हो । प्रचण्ड निकट एक नेताले भने, ‘शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएको छ । अहिलेको गठबन्धनको नै सरकार बनाउने गरि छलफल भएको छ । छलफल सकारात्मक भयो ।’

शनिबार साँझ वा आइतबार दिउँसोसम्म परिणाम निकाल्ने गरि छलफल भएको बताएको छ । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्यका कारण उनी सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्