Logo
Logo

सरकार गठनका लागि कांग्रेसद्वारा हस्ताक्षर संकलन


4.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । कांग्रेसले शुक्रबारदेखि नै हस्ताक्षर संकलन गर्न थालेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई आज मध्याह्न साढे १२ बजे बालुवाटारमा बोलाइएको छ । स्रोतका अनुसार केही सांसदलाई शुक्रबार खाली पृष्ठमा हस्ताक्षर गराएको र बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो ।

विषय उल्लेख नगरिएको सादा कागजमा प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।

सरकार गठनका लागि दाबी पेस गन राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसिमा आइतबार साँझ ५ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्