Logo
Logo

अन्तिम प्रयासमा सत्तारुढ दल, प्रधानमन्त्रीबारे जुट्ला सहमति ?


4.2k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज ९ बजे पुनः बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेपनि पहिलो चरणमा को बन्ने भन्ने टुंगिएको छैन ।

आजको बैठकमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड पहिलो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटाइने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न राष्ट्रपतिले आज अपराह्न ५ बजेसम्मको समय दलहरूलाई दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्