Logo
Logo

कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


882
Shares

धनगढी । कैलालीमा श्रीमानको बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ ।

टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशी आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको हत्या आरोपमा पक्राउ परेका छन् । भागिरथ जैशीलाई श्रीमतीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मंसिर २६ गते राति भागिरथले श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाएका थिए । उनले बञ्चरोले टाउकोमा प्रहार गरेपछि घाइते भएकी मुगादेवीलाई उपचारको लागि आफन्तहरुले टीकापुर अस्पतालमा लगेका थिए ।

सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएको थियो । उपचारकै क्रममा रहेकी उनलाई बिहीबार बेलुका घर लैजान्छौँ भनेर माइती पक्षका कैलालीको मोहन्याल ७ ज्यामीरेमा फिर्ता लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।

घाइते मुगादेवीलाई घर ल्याएपछि उनको शुक्रवार माइती घरमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकका श्रीमान् भागिरथलाई पक्राउ गरेर हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव भने पोष्टमार्टम पश्चात मृतकका छोरा पवन प्रसाद जैशीले बुझेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्