Logo
Logo

गठबन्धनको बैठकअघि कांग्रेस नेताहरु निर्णयक छलफलमा


2.6k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्नुअघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ सरकार गठनको विषयमा छलफल गर्न आज बिहान १० बजे सत्ता गठबनधनको बैठक बस्दैछ ।

सो बैठकमा सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन नेताहरु छलफलमा जुटेका हुन् । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा दिएकी छन् । सोही समयभित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।

बालुवाटारमा जारी बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहमत छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार चलाउने विकल्पमा पनि छलफल भइरहेको छ ।

यद्यपि देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्