Logo
Logo

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न आज (आइतबार) दिउसो बैठक बोलाएको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँदै गर्दा रास्वपाको आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्ने एक नेताले जानकारी दिए । सरकारमा जाँदा आफूहरुले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ । रास्वपाले संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछानेलाई सर्वसम्मत चयन गरिसकेको छ ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्