Logo
Logo

बालकोटमा जुट्यो सहमति, प्रचण्ड प्रधानमन्त्री


17.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् ।
आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

माओवादीको एक नेताले भने- ‘बालकोटमा सहमति जुट्यो, सीएम पीएम बन्दै हुनुहुन्छ अब केहीबेरमा सहमति सार्वजनिक हुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बताइएको छ ।

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेपनि आधिकारी निर्णय भने सावर्जनिक गरिएको छैन । उक्त निर्णय केहीबेरमा सार्वजनिक गरिने ती नेताले बताए ।

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्