Logo
Logo

एकीकृत समाजवादीले भन्यो- देश र पार्टीको हितलाई ध्यानमा राखेर अगाडि बढ्छौँ


17.8k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धन भत्केसँगै एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पनि सत्ता समीकरणभन्दा बाहिर परेको छ ।

एमाले र नेकपा माओवादी सहितका दल मिलेर सरकार गठन गर्ने निर्णय हुँदा एकीकृत समाजवादी समीकरण बाहिरै रहेको हो ।

साविकको गठबन्धन टुटेर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् । र, भोली मन्त्रिपरिषद् विस्तार हुँदैन ।

सत्ता समीकरण फेरबदल भएसँगै सत्ता बाहिर भएको एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।

राजनीतिक घटनाक्रम फेरबदल भएसँगै सम्पन्न एकीकृत सभाजवादीको सचिवालय बैठकले देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको महासचिव वेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो ।’

यता, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल जारी रहेको प्रतिकृया दिएका छन् । तर, अन्य दल जस्तै एकीकृत समाजवादी सरहकारमा सहभागी हुन भने सहज छैन ।

पार्टी विभाजन भएको वर्ष दिन पनि नबित्दै मूल पार्टी सम्मिलित सरकारमा सहभागी हुँदा नकारात्मक सन्देश जाने भएकाले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नहुने नेताहरुको मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्