Logo
Logo

कर्णालीका नवनिर्वाचित सांसदको शपथ आज


378
Shares

काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । कर्णाली प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि शपथग्रहण कार्यक्रम निर्धारण गरेको छ ।

शपथका लागि नवनिर्वाचत प्रदेशसभा सदस्यहरूलाई निर्धारित समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन भनिएको छ । उनीहरूलाई प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ गराउनेछन् ।

शपथग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र (सक्कल र सोको प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवम् हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुईप्रतिसहित निर्धारित समयभन्दा दुई घण्टाअगावै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थितिको लागि अनुरोध छ,’ प्रदेशसभाका सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी त्यसको प्रति तीन दिनअगावै प्रदेशसभा सचिवालयलाई उपलब्ध गराइसकेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्