Logo
Logo

निजामतीमा विदेशी घुसपैठ ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ भदौ । सरकारले यो वर्ष पनि निजामती सेवा दिवसमा सर्वाेत्कृष्ट कर्मचारी छान्न सकेन । अन्य उत्कृष्ट निजामती कर्मचारी पुरस्कारहरु पनि आसेपासेहरुलाई दिएर निजामती कर्मचारी पुरस्कारकै बेइज्जत गरेको छ ।

मापदण्डअनुसार पुरस्कार दिन नसकेको सरकारले निजामती सेवामा उत्कृष्ट कर्मचारी छान्ने जिम्मेवारी एउटा आईएनजिओलाई दिएको छ । अमेरिकन एनजिओ अकाउन्टबिली ल्याबलाई यस्तो स्वीकृत दिइएको छ । निजामती प्रशासनमा छिरेर एउटा विदेशी आएनजिओले उत्कृष्ट कर्मचारी छान्नु दिनुलाई धेरैले अनौठो र गलत मानेका छन् ।

यो वर्ष पनि सो संस्थाले इन्टिग्रिटी आइडल नामक पुरस्कार छनोटको प्रक्रिया अघि बढाइसकेको छ । जसमा पाँच कर्मचारीलाई सर्टलिष्टमा राखिएको छ ।

जसमा शाखा अधिकृत ज्ञानेन्द्रकुमार मिश्र, खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, जिप्रका इलामका प्रशासकिय अधिकृत, काजीमान राई, शिक्षक प्रेम बहादुर दराई र सिनियर अनमि पुन्य प्रभा देवकोटा छन् । उनीहरुमध्येबाट भोटिङको आधारमा उत्कृष्ट हुनेलाई इन्टिग्रिटी आइडल नामक पुरस्कार दिने गरिएको छ ।

सो आईएनजिओले नेपालसहित नाइजेरिया, पाकिस्तान,निगार, मेक्सिको, माली र नाइजेरिया जस्ता कमजोर देशमा यस्तो कार्यक्रम गर्दै आएको छ । नेपालमा सो संस्थाले यसरी उत्कृष्ट कर्मचारी छान्न थालेको तीन वर्ष भएको छ । जुन निकै आपत्तिजनक भएको एक उच्च अधिकारी नै बताउँछन । सरकारलाई नै प्रभावमा पारेर सो आईएनजिओले यस्तो स्वीकृत पाएको हो । जुन आईएनजिओको उदेश्य पुरस्कारका नाममा नेपालको निजामती प्रशासनमा आफ्नो हस्तक्षेप बढाउनु हो ।

प्रतिक्रिया दिनुहोस्