Logo
Logo

नारायणकाजी र विष्णु पौडेल आजै मन्त्री हुने


693
Shares

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

प्रचण्डले दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । शपथ लगत्तै सानो आकारको मन्त्रिपरिषद गठन गरिने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि आजै सरकारमा सहभागी हुने तयारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको सो पार्टीका एक नेताले बताए ।यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्