Logo
Logo

लुम्बिनीमा एमालेकाे सरकार बने लिला गिरी मुख्यमन्त्री


1.4k
Shares

बुटवल । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार गठनको आन्तरिक तयारी सुरु भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने गरी तयारी अघि बढेको हो ।

८७ सदस्यीय प्रदेशसभामा २९ सिट जितेको एमालले पोटिब्यूरो सदस्य लिला गिरीले मुख्यमन्त्री बनाउने सम्भावना देखिएको छ । यद्यपि सातवटै प्रदेश सरकार भागबण्डाका आधारमा मिलाउँदा तलमाथि भने हुनसक्ने नेताहरु बताउँछन् ।

बिगतमा संघीय सरकारकै गठबन्धनलाई आधार बनाएर वर्तमान सरकार बनेकोले अब बन्ने सरकार पनि संघमा भएको गठबन्धनकै आधारमा बन्ने भएकोले अब लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका लिला गिरीले पाउने सम्भावना देखिएको हो ।

रुपन्देहीको क्षेत्र नं २ (१) बाट लुम्विनी प्रदेश सभामा दोश्रो पटक निर्वाचित गिरी तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयको सफल नेतृत्व गरेका नेता हुन् । हाल एमाले पोलिटब्युरो सदस्य तथा लुम्विनी प्रदेशका सहईन्चार्ज छन् ।

दलको नेताको लागि रुपन्देहीका लिला गिरी, भोजप्रसाद श्रेष्ठ, भूमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य र कपिलवस्तुका विष्णु पन्थी आकांक्षा देखिएको भएपनि गिरी नै मुख्यमन्त्री हुने सम्भावना बढी रहेको एमालेका एक सांसदले बताए ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले भित्र कसलाई मुख्यमन्त्री बनाउने भन्ने बिषयमा छलफल भइनसकेको बताए । ‘भर्खर मात्रै नयाँ गठबन्धन बनेको छ, कुन प्रदेश कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ त्यसपछि कसलाई बनाउने भन्ने छलफल होला,’ उनले भने ।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् ।

त्यसैगरी तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रसँग ६ जना प्रत्यक्ष र तीन जना समानुपातिक गरी नौजना सांसद छन् । यसका साथै राष्टिय प्रजातन्त्र पार्टीका चार जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका तीन–तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका एक–एक जना सांसद रहेका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्