Logo
Logo

विश्वप्रकाशको टिप्पणी- हामी एम्बाप्पे भयौं, सबैभन्दा बढी गोल गर्दा पनि ट्रफी अर्कैले लग्यो


1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले सबैभन्दा बढी सिट जिते पनि नेतृत्व अर्कैले लगेको बताएका छन् ।

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा हालै सकिएको विश्वकप फुटबलको उदाहरण दिँदै शर्माले एम्बापेले सबैभन्दा बढी गोल हानेपनि कप चाहिँ अर्कैले प्रतिक्रिया दिएका हुन् ।

‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । तर कप चाहिँ अर्कैले लग्यो,’ उनले भने, ‘यता राजनीतिमा पनि यस्तै भयो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो ।

आफूहरू एम्बापे भएर पोखरा आइपुगेको शर्माले बताए । अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने पनि शर्माको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्