Logo
Logo

प्रधामन्त्रीले लिए पद तथा गोपनीयताको सपथ


1.4k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको सपथ लिएका छन् । आज (सोमबार) अपराह्न शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएका हुन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा उनले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए ।

प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । आइतबार अपराह्न १६९ सांसदको समर्थनसहित शीतलनिवास पुगेपछि राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्