Logo
Logo

दौरा सुरुवालमा चिरिच्याट्ट प्रचण्ड


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४४औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति विध्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा प्रचण्डको पोशाकले सबैको ध्यान तान्यो ।

शान्ति प्रकृयापछि आम मानिसले सर्वाधिक देखेका र सुनेका प्रचण्डलाई दौरा सुरुवालमा भने कसैले देखेका थिएनन् । तर, तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने क्रममा भने प्रचण्ड दौरा सुरुवालमा चिरिच्याट्ट देखिए ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा प्रचण्डले भादगाउँले टोपीसहित कोट–पाइन्टमा लगाउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्