Logo
Logo
प्रचण्ड सरकार

पहिलो चरणमा जोसिलो रविदेखि शालीन विष्णुको साथ


15.6k
Shares

काठमाडौं । प्रधानमन्त्रीका रूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तेस्रो इनिङ सुरु भएको छ ।

१० वर्ष लामो जनयुद्ध अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि २०६४ सम्पन्न संविधानसभाको निर्वाचनमार्फत पहिलो दल बन्दै प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । 

पहिलो कार्यकाल ९ महिना प्रधानमन्त्रीको रुपमा काम गरेका प्रचण्डले दोस्रो कार्यकाल पनि ९ महिनाकै हाराहारीमा काम गरेका थिए । यसपटक उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

अघिल्लो दुई कार्यकालमा अपेक्षाकृत काम गर्न नसकेको बताउँदै आएका प्रचण्डले अप्ठ्यारो संरचनामा तेस्रो कार्यकालका लागि पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेका छन् । 

तीन उपप्रधानमन्त्री तथा चार विनाविभागीय मन्त्रीलाई शपथ गराउँदै प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । यो संख्या संविधानअनुसार राज्यमन्त्रीसहित २४ सम्म पुग्ने छ ।

मन्त्रिपरिषद्को पहिलो टिममा जोसिला युवा रवि लामिछानेदेखि दुःख सुखका सारथी नारायणकाजी श्रेष्ठ र शालीन विष्णु पौडेको साथ पाएका छन् । यी सारथीबाट प्रचण्डले कस्तो काम गर्लान् त्यो भने हेर्न बाँकी छ ।

प्रचण्ड सरकारको पहिलो टिम
१. प्रचण्ड– प्रधानमन्त्री
२. विष्णु पौडेल– उपप्रधानमन्त्री तथा अर्थमन्त्री
३. नारायणकाजी श्रेष्ठ– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री
४. रवि लामिछाने – उपप्रधानमन्त्री तथा गृहमन्त्री
५. ज्वालाकुमारी शाह– विनाविभागीय मन्त्री
६. दामोदर भण्डारी– विनाविभागीय मन्त्री
७. राजेन्द्रकुमार राई– विनाविभागीय मन्त्री
८. अब्लुल खान– विनाविभागीय मन्त्री

प्रतिक्रिया दिनुहोस्