Logo
Logo

ज्योतिषका कारण प्रहरीमा हंगामा


22.7k
Shares

काठमाडौं । एक ज्योतिषका कारण नेपाल प्रहरीमा हंगामा मच्चिएको छ । ज्योतिष रुद्रनाथ अधिकारीको चलखेलले प्रहरी अधिकारीहरू तनावमा छन् ।

वन्यजन्तुको अखेटोपहार कारोबारमा संलग्न अभियोगमा अदालतबाट ज्योतिष अधिकारीबीच पक्राउ पूर्जी जारि भइसकेको छ । तर, पक्राउ रोकाउन उनी दौडधुपमा लागेका छन् । उनी खुलेआम हिड्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरी वृत्त, लैनचौरले गत २१ कात्तिकमा ठमेलबाट पद्मा संग्रौलालाई पक्राउ गरेको थियो । उनले सञ्चालन गरेको होटेलबाट वन्यजन्तुको अखेटोपहार बरामद भयो । बयानको क्रममा संग्रौलाले ती सामान ज्योतिष अधिकारीको भएको बयान दिएकी थिइन् ।

रमाइलो के भने उनै ज्योतिष अधिकारीले प्रहरीलाई सूचना दिएर संग्रौलालाई पक्राउ गर्न लगाएका हुन् । स्रोतका अनुसार संग्रौला र अधिकारीबीच निकटतम सम्बन्ध थियो । सम्बन्ध बिग्रिएपछि ज्योतिष अधिकारीले उनलाई थुनामा त्यसरी प्रहरीलाई खबर गरेका हुन् । महिलाको दाबीअनुसार अधिकारीले नै ती सामान आफ्नो होटलमा ल्याएर छाडेका हुन् । आफ्नो लाखौं रुपैयाँ उनले लिएको र त्यही पैसा नदिन उनले आफुलाई यसरी फसाएको महिलाको दाबी छ । प्राविधिक अनुसन्धानमा पनि ज्योतिषको नियत ठिक नदेखिएको प्रहरी स्रोत बताउँछ ।

ती महिलाका श्रीमान विदेशी हुन्, उनी विदेशमै बस्छन् । महिलालाई सहयोगका नाममा ज्योतिष अधिकारीले उनीबाट फाइदा लिने र फसाउने नियत राखेको देखिएको छ । तर, उनी आफैं फस्न पुगेका छन् ।

नियोजित रुपमा कतै उनले प्रहरी प्रयोग गरी महिलालाई फसाएका त होइनन् भन्ने विषय उठेपछि प्रहरीले यो विषयमा छानबिन समिति नै गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले लैनचौर वृत्तका डिएसपी गणेशबहादुर बममाथि छानबिन थालेको छ । वृत्तले अधिकारीलाई नियोजित रुपमा उन्मुक्ति दिएको पक्राउ परेकी महिलाको दाबी छ ।

यसअघि विभिन्न घटनामा प्रहरी प्रयोग गरी लागु औषध लगायत मुद्दामा फसाएको पुष्टि भइसकेका छन् । यो घटना पनि त्यस्तै भएको आँकलन गरिएको छ ।

डिभिजन वन कार्यालयले यो घटनामाथि अनुसन्धान गरिरहेको छ । ज्योतिष अधिकारीलाई पक्राउ गर्न उसले प्रहरीलाई पत्राचार गरेको छ । तर, प्रहरीले पक्राउमा चासो नदिएको बताइन्छ । सो मुद्दाबाट आफुलाई जोगाउन ज्योतिष अधिकारी शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्