Logo
Logo

राति ११ बजेपछि पनि फिल्म हेर्न पाइने


3.1k
Shares

काठमाडौं । हल संचालकले राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न पाउने भएका छन् ।

सोमबार बसेको चलचित्र विकास बोर्डको बैठकले शान्ति हल सञ्चालकले सुरक्षाको आवश्यक व्यवस्था गरेर राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न सक्ने निर्णय गरेको हो । ‘उक्त समयमा फिल्म प्रदर्शन गर्नु परे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ,’ जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि राति ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

त्यस्तै बोर्डले एक साताअघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियम परिवर्तन गरेको छ । अब फिल्म रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्