कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक "/>
Logo
Logo

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 


5.8k
Shares

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको कांग्रेसले माओवादीसँग सत्ता सहकार्यबारे सहमति नजुट्दा सत्ता गुमाउने अवस्था आएको थियो । बैठकमा यस विषयलाई जोडतोडका साथ उठाउने असन्तुष्ट पक्षको तयारी छ ।

पुस २२ गते दिउँसो १ बजे सानेपामा बस्ने तय भएको बैठकमा प्रस्तुत हुने ३ वटा एजेण्डा तय भएका छन् । जसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र विविध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्