Logo
Logo

प्रधानमन्त्रीलाई अमेरिकाको बधाई


2.5k
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ ।

अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख गरेको छ ।

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका लागि उदाहरण भएको उल्लेख गर्दै अमेरिकाले यसको प्रशंसा गरेको यहाँस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साथै नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने उल्लेख गर्दै अमेरिकाले सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्