Logo
Logo

जसपा संसदीय दलको नेता चयन गर्न निर्वाचन आज हुँदै


3.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बुधबार संसदीय दलको नेता चयन गर्दै छ। यसका लागि दिउँसो २:३० देखि ३:३० बजेसम्म मतदान हुनेछ।

यसअघि बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको मननोयन पत्र दर्ता गर्ने समय तोकिएको छ । यस्तै, १२:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।

मतरिणाम बुधबार नै सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ। संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन् ।

दलको नेतामा अशोक राईसँगै राजकिशोर यादवले दाबी गरेका छन्। अध्यक्ष उपेन्द्र यादव आम निर्वाचनमा पराजित भएका थिए । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्