Logo
Logo

सन् २०२२ मा एक हजारभन्दा बढी बंगलादेशी श्रमिकको मृत्यु


567
Shares

एजेन्सी । सन् २०२२ मा एक हजारभन्दा बढी बंगलादेशी कामदारको मृत्यु भएको र सोही सङ्ख्याको हाराहारीमा घाइते भएका सोमबार एक स्थानीय संस्थाले जनाएको छ ।

गत बर्ष बंगलादेशमा विभिन्न पेशागत दुर्घटना, कार्यस्थलमा हुने हिंसा, सडक दुर्घटना र श्रम अधिकारको उल्लङ्घनका कारण कम्तीमा एक हजार ३४ कामदारको मृत्यु भएको साथै एक हजार ३७ जना घाइते भएका ‘बङ्गलादेश इन्स्टिच्युट अफ लेबर स्टडिज (बिआइएलएस)’ नामक संस्थाले सोमबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रमा ४९९, निर्माण क्षेत्रमा ११८ र कृषि क्षेत्रमा ११२ जना रहेको बताइएको छ । तथ्यांक अनुसार सन् २०२१ मा एक हजार ५३ कामदारको मृत्यु भएको र सन् २०२२ मा भएको मृत्यु सङ्ख्या अघिल्लो वर्षको भन्दा सामान्य कमी हो ।

संगठनले कमजोर श्रम निरीक्षण, श्रमिकहरूमा स्वास्थ्य र सुरक्षा प्रशिक्षणको कमी र उचित ज्यालाको अभाव देशमा निरन्तर व्यावसायिक दुर्घटना र श्रम अशान्तिको प्रमुख कारण भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्