काठमाडौं, २ असोज । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश नं १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । नयाँ खोलिएको विस्तारित काउन्टर गाउँपालिकाको वडा नं ३ स्थित सदरमुकाम च्याङ्ग्रेमा रहेको छ, जुन स्थानीय माग पूरा गर्ने गरि पूर्ण विस्तारित काउन्टरको रूपमा सञ्चालन हुनेछ ।
यो नेपाल इनभेष्टमेन्ट बैंकको १५औं विस्तारित काउन्टर हो, जुन ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यले उद्घाटन गरिएको हो ।
यस बैंकले सो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गर्नुका साथै काठमाडौंको मुटुमा शाखा स्थापना गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरू अनि यो विस्तारित काउन्टरसँगै यसको कुशलतामा आधारित सञ्चालन अझै प्रभावकारी हुने दाबी गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक बैंक अफ दि एयर अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा बेष्ट बैंक २०१८ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ ।