Logo
Logo

प्रतिगमन : हावामा मुक्का


– माथवरसिंह बस्नेत

0
Shares

– माथवरसिंह बस्नेत

पहिलो संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भएको हर्षातिरेकमा एक पटक कामरेड पुष्पकमल दाहालले भनेका थिए, हामीले गणतन्त्रको नारा, सैद्धान्तिक आधारमा हाम्रा एजेण्डालाई हाइसाउण्डिङ तुल्याउन मात्र दिएका थियौं । हामीलाई यति चाँडै गणतन्त्र आउँछ भन्ने विश्वास थिएन । अर्काले दाउ हेरेर बसेको रहेछ, उसले साँच्चै ल्याइदियो ।

माथवरसिंह बस्नेत

ओली र दाहालको प्रतिगमनकारीले गणतन्त्र र संघीयतामाथि खतरा उत्पन्न गरेको सन्दर्भमा मात्र होइन, त्यस्तो खतरा कसबाट छ भन्ने बारेमा पनि दुवैको लोली र बोली ठ्याक्कै मिलेको छ । अर्थात् खतरा छ भन्छन्, यसबाट छ भन्दैनन् । वास्तविक खतरा धर्म निरपेक्षता हटाएर हिन्दूराष्ट्र पुनस्र्थापित गर्ने भनिएकाहरुबाट हो कि उनीहरुलाई पर्दा पछाडिबाट उचाल्नेहरुविरुद्ध हो, उनीहरु खुलेर बोल्दैनन् । उनीहरु कहिं पे निगाहें, कहिं पे निशाना जस्तो गरिरहेका छन् । अर्थात् मूल मुद्दा उठाउँदा जसबाट बच्नुपर्ने हो, उ चिढिने डरले समस्या मात्र देखाइरहेका छन् । साहित्यकार बीपी कोइरालाको कथा, शत्रुका नायक कृष्णलाल, जसको चरित्र आँखामा राखे पनि नबिझाउने छ, उनीमाथि आक्रमण भयो र प्रहरीले अनुसन्धानका क्रममा प्रश्न गरे– कसमाथि शंका छ ?

उनको त्यो स्टेटमेन्टले उत्ति बेलाको नेपालको राजनीतिक यथार्थलाई मात्र होइन, यति बेलाको वास्तविकतालाई पनि प्रतिविम्वित गर्छ । त्यत्ति भनिसकेपछि उनी अहिले किन राजतन्त्र फर्काउने अभियानका विरुद्ध चर्को स्वर किन निकालिरहेका छन्, र अर्कोतिर खतरा छैन पनि भनिरहेछन्, त्यसको अन्तर्भाव बुझ्न सहज हुन्छ । जसले राजतन्त्र फालेर गणतन्त्र ल्याइदिएको हो, उसैले त्यसलाई उखेलेर पुनः राजतन्त्र ल्याउन लाग्यो भन्न नसकेर यो वा त्यो वहाना बनाएको नबुझ्ने आजको नेपालमा कोही होलान् भन्ने ठान्नु पर्दैन । अचेतताका कारण होइन, लोभ र भयका कारण बोल्न नसक्नु बेग्लै कुरा हो । तर कुरोको चुरो सबै बुझ्छन् ।

कामरेड दाहालको उत्ति बेलाको कथन, जति अस्पष्ट र रहष्यमय थियो, अहिलेको विरोध पनि उत्तिकै कृत्रिम तथा बनावटी छ । पत्रकारी भाषामा एउटा सवाल सोध्ने तरीका छ– हावामा मुक्का हान्नु भनेको के हो ? त्यसको जवाफ हो, वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री खडगप्रसाद ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले हटिसकेको राजतन्त्रका विरोधमा जुन आगो ओकलेका छन्, त्यही हो, हावामा मुक्का हान्नु भनेको ।

राजतन्त्र पुनस्र्थापना गर्न कसले, कहाँ, कसरी, प्रयास गरेको छ, त्यसको खुलासा नगरि काल्पनिक अभियानको भूत खडा गरेर आफ्ना तर्फबाट चेतावनी र चूनौतीको भाषामा उनीहरु विरोध पस्किरहेका छन्् । त्यसबाट यही सावित हुन्छ कि उनीहरु जुन स्तरमा जोसंग समागम गर्छन्, त्यो तहमा त्यस्ता भयानक दुस्वप्नका छवी दृष्टिगोचर हुन्छन् । उनीहरु त्यसको नाम लिन पनि सकिरहेका छैनन्, मनमा गुम्सेका कुरा दबाइराख्न पनि सकिरहेका छैनन् । उनीहरुको त्यही द्वैध मनस्थिति झल्किन्छ– प्रमाणविनाको दावीबाट ।

यो त्यत्ति बेलाको कुरा हो, जत्ति बेला, प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने भूटानको प्रयोगलाई नेपालमा पनि दोहो¥याउने र संविधानसभाको दोश्रो निर्वाचन गराउने तारतम्य मिलाउने प्रयास भइरहेको थियो । त्यसै बेला एक दिन विना प्रसंग कान्तिपुरमा डा कर्णसिंहको एउटा भेटवार्ता प्रकाशित भयो । प्रश्नोत्तर शैलीमा प्रकाशित त्यो सामाग्री कान्तिपुरका दिल्ली प्रतिनिधिले सम्प्रेषित गरेका थिए । त्यसमा उनीसंग प्रश्न गरिएको थियो, नेपालको राजतन्त्र जोगाउन तपाईले काठमाडौं गएर अन्त्यसम्म प्रयास गर्नु भयो तर सक्नु भएन, किन ?

त्यसको जवाफमा उनले भनेका थिए– नेपालमा भएका परिवर्तनमा मेरो र भारतको कुनै भूमिका छैन । माओवादी र सात संसदवादी दल मिलेर जुन आन्दोलन गरिरहेका थिए, त्यसको शान्तिपूर्ण समाधान निक्लोस् भन्ने भारतका प्रधानमन्त्री डा.मनमोहन सिंहको सदाशयताको सन्देश महाराजाधिराज ज्ञानेन्द्रसम्म पु¥याउन विशेष दूत बनेर काठमाडौं गएको थिएँ । मैले त्यो पत्र राजासमक्ष प्रस्तुत गरें । त्यसमा हाम्रा प्रधानमन्त्री सिंहले सुझाव दिनु भएको थियो, अहिलेको अवस्थामा राजाबाट स्टेप डाउन गर्दा सबैलाई राम्रो हुन्छ ।

राजा ज्ञानेन्द्रबाट हाम्रा प्रधानमन्त्री सिंहका सल्लाह र सुझाव अत्यन्त सौहार्दतापूर्वक ग्रहण भयो र स्टेप डाउन गर्नुभयो । कुरा त्यत्ति हो । त्यसभन्दा बढी हाम्रो कुनै भूमिका थिएन ।

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा त्यो भेटवार्तामा व्यक्त अत्यन्त सरल र सोझो अभिव्यक्तिले नेपालको राजनीतिक परिवर्तनको सारांशलाई प्रष्ट पारेको थियो । सबैभन्दा आश्चर्य र अचम्म त के थियो भने लाटाले पनि बुझ्ने भाषामा त्यत्ति स्पष्टसंग राजतन्त्र कसरी हट्यो र गणतन्त्र कसरी आयो, त्यसको खुलासा गर्दा पनि कुनै राष्ट्रवादी नेता, डा. सिंहको त्यो भनाईले नेपालको सार्वभौमसत्ताको उल्लंघन र आन्तरिक मामलामा हस्तक्षेप भयो भन्न उपलब्ध हुन सकेनन्, सबै मौन साधेर बसे । मौनं सम्मति लक्षणम् …हाम्रो शास्त्रले त्यही भनेको छ । त्यसलाई दुवैतिर त्यही अर्थमा ग्रहण गरियो ।

त्यसअघि भारतका तत्कालीन विदेशमन्त्री प्रनव मुखर्जीले अल जजिरालाई दिएको अन्तर्वार्तामा माओवादीले चलाएको हत्या, हिंसा र आतंका कारण नेपालमा ठूलो संख्यामा मानिस मारिएका, विकास निर्माणका पूर्वाधार धेरै ध्वस्त भएका र उनीहरुको सामना गर्न नेपाली सेना पनि असफल भएकाले माओवादीलाई मूल धारमा ल्याउन भारतको मध्यस्थतामा १२ बुँदे दिल्ली सम्झौता गराएको स्वीकारेका थिए । त्यसबाट भारतका माओवादीलाई पनि मूल धारको राजनिितमा आउन प्रेरित गर्ने विश्वास पनि उनले व्यक्त गरेका थिए । एक अर्को प्रसंगमा उनले भारतले हस्तक्षेप गरेर प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउनबाट रोकेको पनि खुलासा गरेका थिए । त्यस बेला पनि उनको त्यस्तो नाङ्गो हस्तक्षेपको कसैले विरोध गरेका थिएनन् । सबै तैं चुप मै चुप गरेर बसेका थिए ।

उनले शंका प्रकट गर्दै जाँदा कोही पनि मित्र बाँकी रहेनन्, सबैलाई शत्रु देखे । प्रधानमन्त्री ओली र प्रचण्डको पनि हालत शत्रुका नायकको जस्तै छ– कहिले राजातिर, कहिले विप्लवतिर, कहिले सेनातिर, कहिले मधेसवादी दलतिर, कहिले भारततिर, कहिले भाजपातिर, कहिले कांग्रेसतिर, अनि कहिले आफ्नै पार्टीका माधव नेपाल, वामदेव गौतम, झलनाथ, आइएनजीओ, ठेकेदार, तस्कर र अन्त्यमा आफैंतिर ….।

त्यसरी कण्टकेण कण्टकको एक चक्र पूरा भएको थियो । अर्थात् २०४६ सालको आन्दोलनबाट स्थापित शक्ति र व्यवस्थालाई अर्को आन्दोलनका माध्यमबाट हटाउने मात्र होइन, प्रजातन्त्रको बदला लोकतन्त्रका साथै नयाँ शक्तिलाई नेपाली जनजिब्रोमा स्थापित गर्ने प्रक्रिया २०५२ मा शुरु भएर २०६२ मा पूरा भएको थियो ।

भनिन्छ, मानिसको स्मरण शक्ति कमजोर हुन्छ, राजनीतिक घटनाक्रममा कुन सन्दर्भमा कसले के भनेको थियो र कहाँ के भएको थियो, त्यसको सम्झना लामो समयसम्म रहन्न । तर मानिस त्यत्ति पनि कमजोर हुँदैन कि उसले निकट अतीतमा भएका घटनाका सबै कुरा भुसुक्कै बिर्सिदेवोस् । अहिले, जसरी राज्य संचालनका शीषस्र्थ स्थानमा बसेकाहरुबाट उठाइएका विषयलाई पनि धेरैले पत्याउन चाहेका छैनन्, त्यसैगरि जसरी २०६२ सालको मंसीर ७ गते दिल्लीमा भारतले नेपालका संसदवादी सात दल र माओवादीलाई मिलाएर एउटा सम्झौता गराउनुअघि, जसमा माओवादीलाई मूलधारको राजनीतिमा प्रवेश गराउने प्रयोग हुने भएको छ भन्ने हल्ला पहिले दिल्ली र पछि काठमाडौंमा व्यापक रुपमा चलेको थियो, त्यसलाई पनि धेरैले पत्याएका थिएनन् । किनभने त्यसको न कहिबाट पुष्टि भएको थियो, न खण्डन । एकै पटक हस्ताक्षर भएको समाचार आयो र त्यसपछि के भयो ती सबै निकट अतीतका घटना भएकाले सबैका स्मृतिमा ताजै छ । कहिं अहिले पनि त्यस्तै हुन लागेको त छैन ? त्यसैले सबैका कान ठाडा हुन पुगेका हुन् ।

ओली र दाहालको प्रतिगमनकारीले गणतन्त्र र संघीयतामाथि खतरा उत्पन्न गरेको सन्दर्भमा मात्र होइन, त्यस्तो खतरा कसबाट छ भन्ने बारेमा पनि दुवैको लोली र बोली ठ्याक्कै मिलेको छ । अर्थात् खतरा छ भन्छन्, यसबाट छ भन्दैनन् । वास्तविक खतरा धर्म निरपेक्षता हटाएर हिन्दूराष्ट्र पुनस्र्थापित गर्ने भनिएकाहरुबाट हो कि उनीहरुलाई पर्दा पछाडिबाट उचाल्नेहरुविरुद्ध हो, उनीहरु खुलेर बोल्दैनन् । उनीहरु कहिं पे निगाहें, कहिं पे निशाना जस्तो गरिरहेका छन् । अर्थात् मूल मुद्दा उठाउँदा जसबाट बच्नुपर्ने हो, उ चिढिने डरले समस्या मात्र देखाइरहेका छन् । साहित्यकार बीपी कोइरालाको कथा, शत्रुका नायक कृष्णलाल, जसको चरित्र आँखामा राखे पनि नबिझाउने छ, उनीमाथि आक्रमण भयो र प्रहरीले अनुसन्धानका क्रममा प्रश्न गरे– कसमाथि शंका छ ?

उनले शंका प्रकट गर्दै जाँदा कोही पनि मित्र बाँकी रहेनन्, सबैलाई शत्रु देखे । प्रधानमन्त्री ओली र प्रचण्डको पनि हालत शत्रुका नायकको जस्तै छ– कहिले राजातिर, कहिले विप्लवतिर, कहिले सेनातिर, कहिले मधेसवादी दलतिर, कहिले भारततिर, कहिले भाजपातिर, कहिले कांग्रेसतिर, अनि कहिले आफ्नै पार्टीका माधव नेपाल, वामदेव गौतम, झलनाथ, आइएनजीओ, ठेकेदार, तस्कर र अन्त्यमा आफैंतिर ….।

प्रतिक्रिया दिनुहोस्