काठमाडौं । नेपाल प्रहरीको सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरीमा भावी नेतृत्वका दोबदारहरु प्रदेश खटिएका हुन् । तुलनात्मक रुपमा कार्यदक्षतामा अब्बल मानिएका डिआइजीहरु प्रदेश पुगेका छन् ।
यसरी प्रदेश जाने डिआइजीलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले चार म्यान्डेट दिएका छन् । पहिलो म्यान्डेटमा तस्करी नियन्त्रण छ । भारतसँगको सीमाका जिल्लाहरुमा विगतमा प्रहरी मिलेमतोमै तस्करी मौलाएको थियो । जसका कारण राजश्व घटेको छ । तस्करी शून्यमा झार्नमा डिआइजीलाई पहिलो चुनौती छ ।
त्यस्तै, शान्ति सुरक्षाको अवस्था सुधार गर्न र प्रहरीको मनोबलमा उच्च बनाउन आइजिपीले निर्देशन दिएका छन् । रचनात्मक कार्य गर्न समेत भनिएको छ । यीनै चार म्यान्डेटमा जसले राम्रो काम गर्छ उसैलाई एआइजीमा बढुवा गर्ने निर्देशन प्रहरी महानिरीक्षकको छ ।
प्रदेश नम्बर १ मा श्यामलाल ज्ञवाली, मधेसमा बसन्तबहादुर कुँवर, बागमतीमा दिपक थापा, गण्डकीमा बुद्धिराज गुरुङ, लुम्बिनीमा टेक प्रसाद राई, कर्णालीमा भिम ढकाल र सुदुरपश्चिममा अशोक सिंहलाई पठाइएको छ । उनीहरु सबै कार्यदक्षतामा अब्बल मानिन्छन् ।