Logo
Logo

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोमाथि छानबिन गर्न सर्वोच्च सहमत 


315
Shares

एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने विषयमा ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ ।

न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्व राष्ट्रपति बोल्सोनारोले दंगाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गरेका थिए । 

लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ ।

यद्यपि बोल्सोनारोले दंगापछि भिडियो पोस्ट गर्नुभएको थियो भने अर्को दिन यसलाई हटाएका थिए । 

बोल्सोनारोले अक्टोबर ३० मा पराजय भोगे पनि चुनावबारे निरन्तर टिप्पणी गरिरहेका छन् । उनले मतदानको दौडान इलेक्ट्रोनिक मतदान प्रणालीको विश्वसनीयताको बारेमा बारम्बार शंका उत्पन्न गर्दै त्यसपछि मेसिनको प्रयोग गरेर खसालिएका लाखौं मतपत्रहरू रद्द गर्न अनुरोध गर्दै आएका छन् । उनले आफूमाथि लगाइएका आरोपलाई कहिल्यै स्वीकार गरेका छैनन् ।  

पूर्व राष्ट्रपतिको कुनै पनि दाबी प्रमाणित भएको थिएन र निर्वाचनको परिणामलाई बोल्सोनारोका केही सहयोगी र प्राय विदेशी पर्यवेक्षक तथा सरकारहरूले कानुनी रूपमा मान्यता दिएका थिए ।

 गत डिसेम्बरको अन्त्यमा ब्राजिल छोडेका उजले जनवरी १ मा आफ्नो बामपन्थी उत्तराधिकारीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिएनन् । उनी ओर्लान्डोको उपनगरमा बस्दै आएका छन् । ब्राजिलका केही प्रजातान्त्रिक सांसदले राष्ट्रपति जो बाइडेनलाई बोल्सोनारोको भिसा रद्द गर्न आग्रह गरेका छन् ।

न्यायाधीशको निर्णयपछि बोल्सोनारोका वकिल फ्रेडरिक वासेफले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पूर्व राष्ट्रपतिले जनवरी ८ देखि भएको तोडफोड र विध्वंसात्मक कार्यलाई गैरकानुनी भन्दै आउनुभएको छ ।’ विज्ञप्तिमा बोल्सोनारोको यी स्वतःस्फूर्त भएका सामाजिक आन्दोलनसँग कुनै सम्बन्ध वा सहभागिता नभएको पनि उल्लेख गरिएको छ ।

जनवरी २ मा संघीय जिल्लाको सुरक्षा प्रमुख बन्नुभएको बोल्सोनारोका पूर्व न्यायमन्त्री एन्डरसन टोरेस दंगाको दिन अमेरिकामा थिए । 

डे मोरेसले यसै हप्ता टोरेसलाई पक्राउ गर्न आदेश दिएका छन । उनको कार्यको अनुसन्धान सुरु गरेका छन्, जसलाई उनले ‘उपेक्षा र मिलेमतो’ को रूपमा चित्रण गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको आदेशमा डे मोरेसले भनेका छन्, ‘टोरेसले अधीनस्थहरूलाई बर्खास्त गर्नु र दंगा अघि देश छोड्नु जानीजानी अशान्तिको लागि आधार तयार गरेको देखिन्छ ।’
 
अदालतले पूर्व सुरक्षा प्रमुखका लागि पक्राउ पुर्जी पनि जारी गरेको छ र उनी तीन दिनभित्र स्वदेश फर्किनुपर्ने अन्यथा ब्राजिलले उनको सुपुर्दगीका लागि अनुरोध गर्ने न्यायमन्त्री फ्लाभियो डिनोले शुक्रबार बताएका छन् ।

टोरेसले गलत कामको खण्डन गर्दै जनवरी १० मा ट्वीटरमार्फत् जारी सन्देशमा भनेका छन्, ‘मैले ब्राजिल फर्कन र आफ्नो पक्षमा प्रतिरक्षा गर्न छुट्टीलाई घटाउने तयारी गरिरहेको छु ।’ टोरेसको भनाइ आएको तीन दिन बितिसक्दा पनि उनी स्वदेश फर्किएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्