बेइजिङ । चीनमा पछिल्लो एक महिनामा कारोना भाइरस संक्रमणबाट झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।
सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग ((एनएचसी)अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।
उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो । सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।