Logo
Logo

ब्राजिलमा पूर्वन्यायमन्त्री पक्राउ


315
Shares

एजेन्सी । ब्राजिलका एक पूर्व मन्त्री पक्राउ परेका छन् । संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा संलग्नता रहेको आरोपमा पूर्वमन्त्री एन्डरसन टोरेस पक्राउ परेका हुन् ।

हजारौं तथाकथित ‘बोलसोनारिस्टा’ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए । घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो । पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका अन्तिम न्याय मन्त्री टोरेस संयुक्त राज्य अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका हुन् ।

यसअघि बोल्सोनारो पनि अनुसन्धानको दायरमा तानिएका थिए । सर्वोच्च अदालतले जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्र्वराष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्