Logo
Logo

सिटी एक्सप्रेस र इजेड रेमिट (बीएफसी बैंक)बीच रेमिटान्स कारोबार सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी इजेड रेमिट (बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स कारोबर सुरु भएको छ । कुवेत, बहराइन मलेशिया, भारत, बेलायतलगायत विश्वभरि रहेको इजेड रेमिटको ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध सात हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इजेड रेमिट (बीएफसी बैंक)को तर्फबाट प्रमुख वित्तीय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्