Logo
Logo

भक्तपुरका एसपी भन्छन्– उमेर पुगेका केटाकेटी राजीखुशीले होटलमा बस्छन् भने प्रहरीले छापा हान्दैन


22.2k
Shares


काठमाडौं । भक्तपुरका एसपी प्रजित केसीले प्रहरीले होटलमा छापा नहान्ने बताएका छन् । उमेर पुगेको केटाकेटी राजीखुशीले होटलमा बसेको अवस्थामा प्रहरीले छापा नहान्ने उनको भनाई छ ।

एसपी प्रजित केसी

‘उमेर पुगेको कुनै गर्लफ्रेन्ड–ब्याईफ्रेन्ड राजीखुशीले होटलमा आएर बस्छ भने त्यहाँ प्रहरीले डिस्टर्ब गर्दैन,’ हालै एक सार्वजनिक कार्यक्रममा उनले भनेका छन् ‘त्यो प्रहरीको काम होइन ।’ उनको यो भनाई यतीबेला टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


हप्ता उठाउन होटलमा छापा हान्ने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ । तर, एसपी केसीले यस्ता काम प्रहरीले नगर्ने बताएका छन् । तर, कुनै होटलमा वेश्यावृत्तिको गतिविधि भएमा भने कारबाही गरिने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्