Logo
Logo

सेनामा भावी सेनापति दुई वर्षअघि नै तय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १० असोज ।
नेपाल प्रहरीमा एक दिनअघिसम्म पनि महानिरीक्षक को बन्छ भन्ने प्रष्ट हुँदैन । तर, नेपाली सेनामा भने दुई वर्षअघि नै भावी प्रधानसेनापति तय भएको छ ।
उपरथी प्रभुराम शर्मा २०७८ भदौपछि सेनापति हुने भएका छन् । सरकारले गत मंगलबार उनको पदावधि थप गरेपछि उनी प्रधानसेनापति बन्ने बाटो खुलेको हो ।
सैनिक मुख्यालयको सिफारिसमा सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागि थप भएको हो ।


उनको उपरथीको तिन वर्षे नियमित पदावधी आगामी कात्तिकमा सकिँदै थियो । उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा हेरिएको छ ।
उपरथी शर्मा हालका बलाध्यक्षरथी गौरव तण्डुलले रथीबाट आगामी वैशाख १९ मा अवकास पाएसँगै रथीमा बढुवा हुनेछन् । त्यसलगत्तै अर्का रथी शरद गिरीले समेत असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । रथीद्धय गिरी र तण्डुलको अवकाससँगै शर्मा सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापापछि बरियतामा दोस्रो नम्बरका जर्नेल बन्नेछन् । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका छन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । उपरथीमा पदावधी थप गरेपछि शर्माको हकमा रथीमा पदावधी थप गर्नुपर्ने अवस्था रहने छैन् । किनभने शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुससम्म कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्