Logo
Logo

नयाँ भूमिकामा सिटिजन्स् बैंक फर्किए राजनसिंह भण्डारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० असोज ।
चर्चित बैंकर राजनसिंह भण्डारी सिटिजन्स् बैंकमा फर्किएका छन् । प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको ८ महिनापछि नयाँ भूमिकासहित भण्डारी बैंकमा फर्किएका छन् । सञ्चालक समितिको अध्यक्षका रुपमा उनी बैंकमा फर्किएका हुन् ।


शुक्रबार हुन गइरहेको बैंकको साधारणसभाबाट उनी अध्यक्ष बन्ने पक्का भएको छ । प्रमोटरबाट तीन तथा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनमा ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनी बैंकको अध्यक्ष बन्ने पक्का भउको हो ।
त्यस्तै, सिटिजन्स बैंकमा प्रमोटरका तर्फबाट प्रवलजंग पाण्डे र डोलराज शर्मा सञ्चालक बन्ने भएको छन् । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनको बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंकको अध्यक्षको जिम्मेवारी समालेका थिए । डोलराज शर्मा यसअघि पनि बैंकको सञ्चालक भएका थिए ।
हाल बैंकका अध्यक्ष रहेका डा. शंकर शर्माको कार्यकाल सकिदै छ । सिटिजन्स बैंक प्रबर्द्धकका साथै संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका भण्डारी सिईओको तीन कार्यकालपछि अवकाश पाएका थिए । उनी बैंकर्स एशोसियनका पूर्व अध्यक्ष समेत हुन् । उनीसँग राष्ट्र बैंकमा काम गरेको समेत लामो अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्