काठमाडौं । गृहमन्त्री रवि लामिछाने ठूलो संख्यामा सिडिओ सरुवा गरेका छन् । सरुवामा ५५ जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
सरुवामा काठमाडौं, ललितपुर लगायत जिल्लाका सिडिओ भने हेरफेर भएका छैनन् । हालै बनाइएको कार्यविधिअनुसार सिडिओ सरुवा भएका हुन् ।
सरुवामा तराईमा तस्करी खुलाएका केही विवादास्पद सिडिओहरुले फेरि महत्वपूर्ण अवसर पाएका छन् । गृहमन्त्रीको सचिवालयमा रहेका दीपक बोहरा र गोकर्ण उपाध्यायले केही खराब पृष्ठभुमीका सिडिओलाई चलखेलका आधारमा पुरस्कृत गरेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।