Logo
Logo

धनुषा प्रहरीमाथि गम्भीर आरोप


1k
Shares


जनकपुर । अपहरणको घटनाको राम्रोसँग अनुसन्धान नगरेको र उल्टै अनुसन्धानका लागि पीडितसँग पैसा मागेको गम्भीर आरोप धनुषा प्रहरीमाथि लागेका छ । अपहरणपछि हत्या गरिएका दुई किशोरका प्रहरीले यस्तो आरोप लगाएका छन् ।


जनकपुरधाम उपमहानगरपालिका– ८ का रामबाबु साहका २२ वर्षीय छोरा रोहितकुमार र जनकपुरधाम– १३ का गणेश साहका २० वर्षीय छोरा विष्णुकुमारको बिहारको सीतामाढी जिल्ला परिहार गाउँमा अपहरणपछि हत्या भएको थियो । विष्णुकुमारको परिवारले प्रहरीमाथि गम्भीर आरोप लगाएको हो । यस्तो गम्भीर विषयमा छानबिन हुन सकेको छैन ।
विष्णुका हजुरबुबा राजकिशोरका अनुसार प्रहरीले पेट्रोल हाल्न भनेर ६ हजार र अरु कामका लागि भनेर थप ६ हजार लिएको थियो । सुरुमा उजुरी गर्दा चासो नदिएको समेत उनीहरुको भनाई छ । प्रहरीविरुद्ध सोमबार स्थानीयले जनकपुरमा प्रदर्शन समेत गरेका छन् । एसपी विश्वराज खड्काको कार्यशैलीमाथि समेत स्थानीय रुष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्