Logo
Logo

एक महिनामा उपत्यकामा ५ हजार चालक मापसे कारबाहीमा


189
Shares


काठमाडौं । एक महिनाको अवधिमा उपत्यकामा पाँच हजार भन्दा धेरै चालक मापसे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार २०७९ षौष १७ गते देखी माघ १७ गते सम्म मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३६५ जना चालकलाई जरिवाना तथा १२४०३ जनालाई सचेतना कक्षामा सहभागी गराईएको छ ।


साथै मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने र चेकिङको क्रममा चेकिङमा खटिएका प्रहरी कर्मचारी सँग अभद्र व्यवहार गर्ने १ जना विदेशी नागरीक सहित १४ जनालाई अभद्र व्यवहारमा मुद्दा समेत चलाईएको छ ।


सोही क्रममा १० माघमा बौद्ध पिपलबोट स्थित सडक खण्डमा भएको मापसे र विवादको विषयमा पनि ट्राफिक प्रहरीले प्रष्ट पारेको छ । ट्राफिक कार्यालयले भनेको छ, ‘जोरपाटीबाट चुच्चेपाटी तर्फ जादै गरेको बा.२ ख १५७३ नं.को बसले जथाभावी यात्रु चढाउने र ओराल्ने गर्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्न खोज्दा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई हातपात गरी ज्याकेट र पुर्जी समेत च्यातिदिई डिउटीमा अवरोध गरेको हुँदा सो सवारीका चालक ईश्वरमान श्रेष्ठ उपर मिति २०७९।१०।१० गतेबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा मुद्दामा म्यादथप गरी अनुसन्धान पश्चात मिति २०७९।१०।१५ गते रु. ७,०००।– धरौटीमा तारीखमा छाडिएको छ ।


केहि दिन देखि सामाजिक संजालमा सम्प्रेषित भिडियोमा एकजना महिलाले जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौं अगाडी प्रहरीलाई आफ्नो श्रीमानलाई कारवाही नगर्न अनुरोध गरेको र निजलाई प्रहरीले प्रहरी भ्यानमा राखेको सम्बन्धमा उक्त महिला सो सवारीका चालक ईश्वरमान श्रेष्ठको श्रीमती नम्रता श्रेष्ठ रहेको र वहाँलाई प्रहरीले सोहि दिन समझाई बुझाई छाडिसकेको व्यहोरा समेत जानकारी गराईन्छ ।’

प्रतिक्रिया दिनुहोस्