Logo
Logo

नेकपाको चियापानमा एक लाख भन्दा धेरैलाई निम्तो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ असोज ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गर्न लागेको शुभकामना तथा चियापानमा एक लाख भन्दा धेरैलाई निम्तो दिएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले २९ गते चियापान कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमको तयारी पुरा भएको नेकपाले जनाएो छ ।

चियापानका लागि १ लाख निमन्त्रण कार्ड बाँडिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ । “नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्रा्ष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,” उनले भने ।
मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो । तत्कालीन एमालेले कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान गर्थ्ये । नेकपाले कोजाग्रत पूर्णिमाको तीन दिनपछि चियापानको आयोजना गरेको हो ।
चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ ।
भृकुटीमण्डमा आयोजना हुन लागेको चियापानमा १२ देखि तीन बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्