Logo
Logo

दुर्घटनाको सहमतिका लागि प्रहरीलाई पाँच हजार घुस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० असोज ।
महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्तले सवारी दुर्घटना केशको सहमतिबमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत पाँच हजार घुस लिएका छन् । सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्तलाई पक्राउ गरेकोमा बुधबार मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा निज प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्तले सवारी दुर्घटना केशको सहमतिबमोजिम मिलापत्र भएकोमा मिलापत्र गराइदिए बापतको खर्च भनी सेवाग्राहीसँग रू.५,०००।–(पाँच हजार) घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्तलाई विगो रु. ५,०००।–(पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्