Logo
Logo

अख्तियारमा विज्ञको आतंक !


5.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरु अवकाश हुनेवित्तिकै त्यहीँ विज्ञ हुने क्रम रोकिन सकेको छैन, झन् बढेको छ । लोकमानसिंह कार्कीले अख्तियारमा जसरी विज्ञका नाममा दर्जनभन्दा बढीलाई जागिर दिएका थिए, त्यसलाई त्यसपछिका प्रमुख आयुक्तहरु दीप बस्नेत, नवीनकुमार घिमिरेले निरन्तरता दिए ।

प्रेमकुमार राई आएपछि पनि अख्तियारबाट अवकाश पाएका विवादितहरुलाई नै विज्ञका रूपमा नियुुक्ति गर्ने क्रम यथावत छ । लोकमानसिंह कार्कीले केशव भट्टराई, समीर सिलवाल, हुपेन्द्रमणि केसी, गोबद्र्धन श्रेष्ठ, निरञ्जन बराल, कृष्णबाबु तिवारी, कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भरत शर्मालाई नियुक्ति दिएका थिए, त्यो क्रम हालका प्रमुख आयुक्त राईले पनि तोड्न नसकेको आरोप छ ।

प्रमुख आयुक्त राईले अख्तियारको प्राविधिक उपसचिवबाट डेढ बर्षअघि अवकाश पाएका दीपक देवकोटालाई विज्ञ राखेका छन् । ती देवकोटाको चुरिफुरी अख्तियारमा यति धेरै छ कि उनको हेपाहा प्रवृत्तिबाट सबैभन्दा बढी प्रहरी शिकार भएका छन् । उनले प्रहरीका एसएसपीसम्मलाई हेप्ने गरेका छन् । उनले अख्तियारको विज्ञका रुपमा गाडी र प्रहरीका असईलाई चालक राखेका छन् । उनले प्रहरी कर्मचारीलाई तँ भनेर अति नै तल्लोस्तरको ब्यवहार गर्ने गरेका छन् ।

देवकोटा तत्कालीन बागमती यातायात कार्यालयको मेकानिकल इन्जीनीयरमा सरुवा भई ४ बर्ष काम गरी अकूत सम्पत्ति आर्जन गर्ने र पुनः अख्तियारमा आउने विवादित मेकानिकल इन्जीनीयर हुन् । गाडीको प्रदूषण जाँचका नाममा समेत उनले धेरै अनियमितता गरेका समाचार बारम्बार आउने गरेका छन् ।

लोकमानसिंह कार्कीका पालादेखि जो प्रमुख आयुक्त भए पनि देवकोटाको काम भनेको अख्तियारको आडमा सेटिङ गर्ने हुँदैआएको छ । अहिले पनि उनको धन्दा नै सवारी अनुमतिपत्र मिलाउने हुँदैआएको छ । बिचौलियाहरुको एक समूहसँग मिलेर देवकोटाले अख्तियारको विज्ञ पद देखाएर काठमाडौंका यातायात कार्यालयबाट लाइसेन्सको कोटा लिने गरेका छन् ।

देवकोटाको कोटामा यातायात कार्यालयबाट लाइसेन्स बितरण हुुँदैआएको छ । अख्तियारकै विज्ञले कोटा मागेपछि काठमाडौं उपत्यकाका लाइसेन्स कार्यालयहरुमा लाइसेन्समा सेटिङको धन्दा चल्दैआएको छ । खारेज भइसकेका लाइसेन्स समेत नवीकरण भएको उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ ।

निजामती र सेनाबाहेकका सुरक्षा निकायका कर्मचारीको अनियमितता छानबिन गर्ने दायित्व बोकेको अख्तियारभित्रै बेथिति यति मौलाएको छ कि देवकोटाले भाइबरमा समेत बार्गेनिङ गर्ने गरेको मोवाइलको ल्याब परीक्षण गरेमा पुष्टि हुनेछ ।

एसएसपी राजन अधिकारी इन्स्पेक्टरदेखि नै अख्तियारमै रजाई गर्दैआएका छन् । इन्स्पेक्टरदेखिकै ट्रयाक रेकर्ड हेर्ने हो भने उनी आकर्षक ठाउँमा जाने कमाउने र पुनः अख्तियारमै आउने गरेका छन् । सिन्धुपाल्चोकमा मेलम्ची बाढीपीडितको राहतमा समेत घोटाला गरेको आरोप तत्कालीन एसपी अधिकारी र सीडीओ उमेश ढकामाथि लागेको थियो ।

प्रस्तुत समाचारमा तत्थ्यगत रुपमा केही गल्ति हुन गएका कारण सच्याइएको छ । – सम्पादक

प्रतिक्रिया दिनुहोस्