Logo
Logo

अभिमन्यु


3k
Shares

व्यूह रचना दुवैतर्फ
तर अदृश्य रचनाकारहरू
टाढा, टाढाका
यता मोर्चामा
न ज्वाइँ कसैको
न कसैको छोरा
फगत भाडाका टट्टुहरू
त्यसैले मोहरा हुन
परे, आफ्नै मोर्चाभित्र
आफ्नैलाई समेत आक्रमण गर्ने
अटोइम्युन रोगीजस्ता
त्यसैले –
न अभिमन्यु कोही यहाँ
न जयद्रथ कोही,
तर सूर्य ग्रहण लागेको छ
निस्पट्ट अँध्यारो
को बाहिर निस्कन्छ ?
कसले बाण चलाउँछ ?
यो स्लिपवाकरहरूको राजनीतिमा
कसलाई मालुम छ र ?

जनकपुरधाम
२० माघ २०७९
बिहान ७ः१० बजे

प्रतिक्रिया दिनुहोस्