Logo
Logo

प्रवेश परीक्षा स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी÷एमएस÷एमडिमएसको प्रवेश परीक्षा अर्काे सूचना जारी नभएसम्म स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित भएको थियो । पूर्व सूचनाअनुसार आज परीक्षा सञ्चालन हुँदै थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डिन प्रा डा पियूष दाहालले मन्त्रालयको निर्देशनअनुसार प्रवेश परीक्षा स्थगित भएको जानकारी दिए । न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी÷एमएस÷एमडिमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट संख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्