Logo
Logo

अशोक सिंहको बर्हिगमनसँगै प्रहरीमा को बन्ला आइजिपी ?


10.1k
Shares


काठमाडौं । नेपाल प्रहरीको भावी आइजिपीमा प्रमुख दाबेदारी प्रस्तुत गरिरहेका डिआइजी अशोक सिंहको अस्वभाविक र आकस्मिक बर्हिगमनसँगै नेपाल प्रहरीमा भावी आइजिपीको नियुक्तिमा नयाँ परिदृश्य देखिएको छ । उनी मैदानबाट हटेसँगै उनका प्रतिस्पर्धीहरु उत्साहित भएका छन् ।


ठिक एक महिनापछि प्रहरी नेतृत्व परिवर्तन हुनेमा प्रतिस्पर्धीहरु डिआइजीमै छन् । पहिलो नम्बरमा एआइजीमा बढुवा हुन सिंहले प्रधानमन्त्री प्रचण्डलाई समेत मनाईसकेका थिए । तर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले रोके । यही बीचमा उनले २६ वर्षको उमेरमा जागिर खाएको पुष्टि भएपछि उनी डिआइजीबाटै राजीनामा दिन बाध्य भएका हुन् ।


उनको राजीनामापछि एआइजी बढुवामा ज्येष्ठताको बरियताअनुसार बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य अगाडि छन् । त्यस्तै सन्दीप भन्डारी, मिरा चौधरी, उमेशराज जोशी लगायत पनि आइजिपी प्रतिस्पर्धामा छन् । एआइजीका पाँच पद रिक्त छन् ।


तर, तत्कालै एआइजी बढुवा नहुने स्रोत बताउँछ । गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निर्वाचनसम्बन्धि छलफलमा व्यस्त भएकाले उनले यसतर्फ ध्यान दिएका पाएका छैनन् । एक महिनाभित्र एआइजी बढुवा नभए सिधैं डिआइजीबाट आइजिपी हुने सम्भावना पनि छ ।


अशोक सिंहको बर्हिगमनसँगै अब प्रहरीमा ३० वर्षे सेवाहद हट्ने सम्भावना समेत देखिएको छ । यसअघि सबै डिआइजी सेवाहद हटाउन तयार थिए, उनै सिंहले त्यसको विरुद्ध लबिइङ गर्दै आएका थिए । अब उनी नै हटेपछि सेवाहद पनि हट्ने र अहिलेकै आइजिपीले निरन्तरता पाउने सम्भावना रहेको स्रोत बताउँछ । आइजिपी नियुक्तिमा उपयुक्त पात्र नभेटिए त्यो सम्भावना रहने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । अहिलेका महानिरीक्षक सिंह पनि त्यो प्रयासमा छन् ।


अर्काेतर्फ सेवाहद हटाउदा प्रहरी संगठनमा नयाँ नेतृत्व विकास पनि हुने र यसले संगठनलाई पनि बलियो बनाउने छ भने पेन्सनको भार घटाई आर्थिक रुपमा पनि देशलाई फाइदा छ । तर, केही अधिकारीको स्वार्थका कारण सेवाहद हटाउने प्रयास असफल हुँदै आएको छ । सबै जसो प्रहरी अधिकारी सेवाहद हटाउनुपर्ने पक्षमा भएपनि केहीको व्यक्तिगत स्वार्थका कारण रोकिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्