Logo
Logo

मन्त्रीको नाम लिंदै भूमि विभागमा उपसचिवको ब्रम्हलुट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ कात्तिक । देशभरका मालपोत कार्यालयको तालुक अड्डा हो भूमि ब्यवस्थापन तथा अभिलेख विभाग । त्यो विभागका सूचना प्रविधि निर्देशक छन्, शिवकुमार पोखरेल । उनको घर स्याङ्जा हो । स्याङ्जा घर भएकै आधारमा उनले भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालको नाम बेचेर आकर्षक कार्यालयमा सरुवा गरिदिन्छु भन्दै रकम माग्ने गरेका छन् । उनले मन्त्री अर्यालको नाम लिंदै सरुवा गर्ने, ठेक्का मिलाइदिने समेत आश्वासन दिने गरेका छन् ।

शिवकुमार पोखरेल

मन्त्री अर्याल मेरो मानिस हो भनेर उनले कार्यालयका कर्मचारीदेखि विभागीय प्रमुखलाई समेत टेर्दैनन् । विभागमा कन्सलटेन्सीको काम गर्नेहरुसँग पनि उनले घुस माग्ने नदिए भुक्तानी दिन झुलाउनेदेखि विभिन्न बहाना बनाउँदै दुःख दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्