Logo
Logo

सम्पत्ति शुद्धीकरणसम्बन्धी बैंग्लोरमा प्रशिक्षण सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ कातिक । नेपाल सरकारका १८ अधिकारीको दोस्रो समूहले सोमबारबाट भारतको बैंग्लोरमा ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’बारे प्रशिक्षण सुरु गरेका छन् ।
नेपाल सरकारको अनुरोधमा कुल ६० अधिकारीहरुका लागि तयार पारिएकोे यो एक विशेष प्रशिक्षण हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणका रूपमा उक्त कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ ।
उक्त प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ । २० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसिर–पुस महिनादेखि प्रशिक्षण सुरु गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्