काठमाडौं । नेपाली सेनाले दुई कर्णेललाई कोर्ट मार्सलका लागि थुनामा राखेको छ । कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कुलदीप तिमिल्सिनालाई सैनिक प्रहरीले हिरासतमा लिएको हो ।
त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । कर्णेल शाहकी पत्नी शोभा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले तीन दिनभित्र उनीहरूलाई अदालतमा उपस्थित गराउन नेपाली सैनिकलाई आदेश दिएको हो।
उनीहरूसँगै उनीहरूमाथि लगाइएका आरोपका सबै फाइलहरू ल्याउन पनि अदालतले आदेश दिएको छ। सेनाले उनीहरू दुवैलाई आर्थिक अनियमितताको आरोप लगाएको छ।
तर सर्वोच्वमा परेको रिट अनुसार उनीहरूमाथि ‘सैनिक विद्रोह’को आरोप छ। यसअघि यस्तै एउटा आरोपमा सेनाका जनरल प्रेम शाहीलाई सेनाले दुई महिनादेखि हिरासतमा राखिरहेको छ। शाहीमाथि कोर्ट मार्सलकै लागि उनीहरु समेत पक्राउ परेका हुन् ।