Logo
Logo

घुुससहित प्रहरी पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ कात्तिक ।
कन्चनपुको ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दिपक चौधरी घुससहित रंगेहात समातिएका छन् ।

बजारहरूमा ब्यबसायीहरूको माग बमोजिम भारतको स्थानीय बजार बनबासाबाट मालसामान क्यारीङ गरि ल्याउने क्रममा भन्सार शुल्क तिरि सके पश्यात पनि शुल्क बाहेकको रकम सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले प्रहरी जवान दिपक चौधरीलाई पाँच हजार घुुसहित पक्राउ गरेको हो ।
भिमदत्त नगरपालिका बडा नं. ११ स्थित नेपाल भारत सिमानाको ७ नं. पिल्लर नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीमा हरे दिन लाखौको घुस लेनदेन हुने गरेको छ । कञ्चनपुरका एसपी दिनेश आचार्यले यसतर्फ ध्यान दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्