Logo
Logo

२०३० सम्म एक गाउँ एक चर्च बनाउने अभियान, कारबाही गर्न डरायो सरकार


1.2k
Shares


काठमाडौं । एक संस्थाले सन् २०३० भित्र ‘एक गाउँ एक चर्च’को अभियान थालेको छ । तर, त्यससम्बन्धि सूचना पाएर पनि सरकार मौन देखिएको छ ।


हालै सुरक्षा निकायबाट गृह मन्त्रालयमा पुगेको रिपोर्टमा धर्मान्तरण तिव्र भएको उल्लेख छ । ग्लोबल मिसन नेपाल नामक संस्थाले यसरी सार्वजनिक रुपमै लक्ष्य सार्वजनिक गरी धर्मान्तरण गरिरहेको हो । नेपालको संविधान र कानूनअनुसार प्रलोभन र दबाबमा पारेर धर्म परिवर्तन गराउनुलाई अपराध मानेको छ ।


नेपाली मुलुका अमेरिकी नागरिक दान पोखरेलले यसरी इसाईकरणको अभियान गरेका हुन् । उनी ग्लोबल मिसन नेपालको अध्यक्ष हुन् । सो संस्थाले आफ्नो वेभसाइटमै नेपाल लगायत दक्षिण एसियाका देशमा चर्चहरु खोल्ने र पादरीहरुलाई तालिम दिने आफुहरुको उदेश्य रहेको उल्लेख छ । संस्थाले काठमाडौंमा चर्च प्लान्टिङ सेन्टर स्थापना गरेको र जहाँ तालिम दिई वार्षिक ४० ‘चर्च प्लान्टर’ उत्पादन गर्दै आएको छ ।
सो संस्थाको प्रतिवेदनअनुसार सन् २०२० मा उसले ६० वटा चर्च स्थापना गरेको छ भने दुई हजार आठ सय ४० जनालाई इसाई धर्ममा रुपान्तरण गरेको छ । पोखरेल पर्यटक भिसामा नेपालमा बसेर धर्म प्रचार तथा रुपान्तरणमा सक्रिय रहेकाले उनलाई कारबाही गरी निष्काशन गर्नुपर्ने प्रस्ताव अध्यागमन विभागले पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । त्यसउपर गृहले निर्णय दिएको छैन ।


पर्यटक भिसा तथा बिजनेस भिसामा नेपालमा बस्दै आएका कतिपय विदेशीहरु धर्मान्तरणको गतिविधिमा संलग्न रहेको अध्यागमन विभागको छानबिनमा खुल्दै आएको छ । विगतमा विभिन्न देशका त्यस्ता नागरिकलाई जरिवाना गरी निष्काशन समेत गरिएको थियो । पछिल्लो तीन वर्ष कोराना महामारीका कारण यस्ता गतिविधि कम भएपनि हाल अवस्था सामान्य भएसँगै गतिविधि बढ्न थालेका छन् । पछिल्लो समय अनुगमन र कारबाही हुन नसक्दा फेरि धर्म परिवर्तन गराउनेहरु सक्रिय भएको विभागका एक अधिकारी बताउँछन् । खासगरी आर्थिक रुपले पछि परेका समुदायमा आर्थिक सहयोगमार्फत धर्मान्तरणका गतिविधि हुने गरेका छन् । शिक्षा, स्वास्थ्य र कृषिमा सघाउने नाममा यस्ता गतिविधि बढेका छन् ।


नेपालमा एकातर्फ हिन्द्र राष्ट्रका लागि केही समूहले उग्र रुपमा गतिविधि गर्दै आएको र अर्काेतर्फ धर्मको रुपान्तरणको गतिविधि पनि यसरी बढ्दै गर्दा राष्ट्रिय सुरक्षामै यसले जोखिम बढाएको उच्च सुरक्षा अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्