Logo
Logo

२० बुँदे काठमाडौँ घोषण जारी गर्दै विश्व महिला सम्मेलन सम्पन्न


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ कातिक । ‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवद्र्धन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचौँ विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो ।
बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण पत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता, समानुपातिक सहभागितालाई कार्यान्वयन, बालविवाहको अन्त्य लगायतका विषय समेटिएका छन् ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भई काम गर्नुपर्ने बताइन् । उनले स्थानीय सरकारसँग बुझेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार जुटेको उल्लेख गरिन् ।
बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको बेजिङमा सम्पन्न चांैथो विश्व महिला सम्मेलनका कारण महिलाले आफ्नो आवाज राख्न वातावरण बनेको बताइन् ।
उनले चांैथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैंगिक समानताको लागि उन्मुख गराएका कारण नेपालमा पनि परिवर्तन आएको दाबी गरे ।
नेपालले बेजिङ सम्मेलनले प्रतिपादन गरेका १२ मुद्दा कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिबद्धता व्यक्त गरिसकेको छ । जसमा बियोण्ड बेजिङ कमिटी नेपालले सन् १९९४ देखि नै लैंगिकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्