Logo
Logo

रुपन्देहीमा हवल्दार घुससहित पक्राउ, एसपी पनि छानबिनमा


7.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ट्याक्टरमा माटो ओसारपसार गर्ने क्रममा उनले २० हजार घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएकाे टोलीले उनलाई घुससहित रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट आइतबार पक्राउ गरेको हो ।

हवल्दार पक्राउ परेसँगै सशस्त्रका रुपन्देही एसपी दीपक थापा तथा बिओपी इन्चार्जसमेत छानबिनमा तानिएका छन् । मातहतका प्रहरीले गल्ती गरे हाकिमलाई नै कारबाही गर्ने नीति सशस्त्र प्रहरी नेतृत्वले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्