Logo
Logo

सशस्त्र प्रहरीमा असईमा भर्ना नलिने प्रस्ताव


5k
Shares


काठमाडौं । सशस्त्र प्रहरीमा तल्लो तहको बढुवको समस्या समाधानबारे सशस्त्र प्रहरी नेतृत्वले छलफल थालेको छ । जसको लागि वरिष्ठ नायब निरीक्षकको दरबन्दी बढाउने, असई तहमा भर्ना नलिनबारे छलफल सुरु भएको छ । जवानमा भर्ना भएकालाई कम्तीमा जुनियर अधिकृतमा अवकाश हुने व्यवस्था गर्न असईमा भर्ना नलिने नीतिबारे सशस्त्र प्रहरीमा छलफल सुरु भएको हो ।


त्यस्तै, इन्सपेक्टरमा भर्ना भएको व्यक्ति कम्तीमा एसएसपी तहमा पुग्ने सुनिश्चितता हुने गरी वृत्ति विकास योजना बनाउन लागिएको छ । वृत्ति विकाससम्बन्धि विषयलाई केन्द्रमा राखेर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले छलफल थालेका छन् । यसमा तीन एआइजीलाई अध्ययनको जिम्मेवारी दिएका छन् ।


बढुवामा विभूषणको नम्बर राख्ने कि हटाउने विषयमा पनि बहस सुरु भएको छ । बढुवामा २ नम्बर विभूषणवापत दिने गरिन्छ । विभूषण पाउनेमध्ये धेरैले पहुँचका आधारमा पाउने भएकाले यस्तो नम्बरको औचित्यमाथि प्रश्न उठ्दै आएको छ । विूभषण बिकृती बनेपछि नेपाल प्रहरीमा यस्तो नम्बर हटाइएको छ । सशस्त्र प्रहरीमा पनि हटाउनेबारे छलफल सुरु भएको छ ।
कार्यसम्पादन मुल्याङकनको नम्बरको प्रणालीमा पनि सुधारको बहस हुँदै आएको थियो । कामको आधारमा भन्दा व्यक्तिगत रुपमा मन परेको/नपरेको आधारमा यस्तो नम्बर दिने गरिएको छ । जसलाई थप वस्तुगत बनाउन एआइजीको नेतृत्वमा समिति बनेको हो ।


बढुवामा दुर्गम क्षेत्रमा खटिनेले बढी नम्बर पाउने तर तराईको सीमा क्षेत्रमा स्रोत साधन बिना खटिनेलाई पनि त्यस्तो नम्बर किन नदिने भनेर समेत छलफलमा कुरा उठेको छ । छलफलमा केही अधिकारीले संगठनको योजना तहमा अझै पनि व्यक्तिगत स्वार्थ हावी हुने गरेको भन्दै संगठनको बृहत् स्वार्थ हेरेर अब ऐन, नियमावली संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्