Logo
Logo

प्रधानमन्त्री ओलीको मिर्गाैला डायलसिस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको डायलसिस सुरु भएको छ । बुधबार धापासीस्थित ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा भर्ना गरेर गरिएका ओलीको उपचारमा संलग्न चिकित्सकीय टोलीले बिहीबार दोस्रो पटक डायलाइसिस गर्ने तयारी थालेको छ । प्रधानमन्त्रीलाई बुधबार आईसीयूमा राखेर पहिलो डायलाइसिस गरिएको थियो ।


अपेक्षित सुधार नदेखिएका कारण अस्पतामा भर्ना गरेर आज पुनस् डायलाइसिस गर्ने तयारी भइरहेको छ।अस्पतालस्थित स्रोतका अनुसार हिजो डायलाइसिस गरिए पनि त्यसको परिणाम राम्रो नआएका कारण पुनस् डायलाइसिस गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन । यस्तै प्रधानमन्त्रीलाई अहिले ’लो ग्रेड’ ज्वरो पनि आइरहेको छ । तर ज्वरोको कारण भने खुट्टिन सकेको छैन । चिकित्सकीय हिसाबमा इम्युनोसप्रेसिब खाइरहेको बिरामीको रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन । त्यसैलेहिजै उनको रगतको कल्चरका लागि पठाइएको छ । जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ ।
’प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परिक्षण रिपोर्टलाई अत्यन्तै गोप्य राखिएकोले ठ्याक्कै भएको के छ भन्न गाह्रो छ,’ अस्पतालका एक अधिकारीले भने, ’उच्च सतर्कताका साथ उहाँको उपचार भइरहेको छ ।’
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो।
आज डायलसिस गरेपछि ओली बालुवाटारस्थित निवासमा फर्कने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्